आज वर्षाको सम्भावना

कांग्रेसका कारण पराजय भोग्नु पर्यो : माधव नेपाल

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेसका कारण केही स्थानमा आफ्नो पार्टीले पराजय भोग्नु परेको आरोप लगाउनु भएको छ ।

आइतबार काठमाडौंमा मुस्लिम इत्तेहाद संगठन नेपालको बैठकमा अध्यक्ष नेपालले कांग्रेसले राम्रो गरी भोट नखसालेका कारण केही स्थानमा आफ्नो पार्टीले पराजय भोग्नु परेको बताउनु भएको हो ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘नेकपा एकीकृत समाजवादीले जितेको भए कांग्रेसलाई पनि फाइदा नै हुन्थ्यो । तर, यो कुरा कांग्रेसले बुझ्न सकेन । माओवादी केन्द्रभित्र पनि यस्तै स्थिति भो ।’

प्रकाशित मिति : २२ जेष्ठ २०७९, आइतबार  ३ : ४२ बजे