हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

उदयपुरमा करेन्ट लागेर एक पुरुषकाे मृत्यु

उदयपुर । उदयपुरमा एक पुरुषको करेन्ट लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार चौदण्डीगढी नगरपालिका ४ बसाहाका ४७ वर्षीय धनकुमार राईको आफू सुत्ने कोठाकै विद्युतीय तारबाट करेन्ट लागेर मृत्यु भएको हो । 

शनिबार राति ९ बजे खाना खाएर सुत्ने बेला ढोका लगाउने क्रममा तार छुन पुगेपछि करेन्ट लागेर गम्भीर घाइते हुनुभएको थियो । । तत्काल उद्धार गरी चौदण्डीगढी नगर अस्पताल बेल्टार ल्याइएकोमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले जाकारी दिनुभएको छ । 

उहाँको शव बेल्टार अस्पतालमा पोष्टमार्टमको तयारी भईरहेको छ ।  

प्रकाशित मिति : २२ जेष्ठ २०७९, आइतबार  २ : २० बजे