आज वर्षाको सम्भावना

माओवादी केन्द्रको बैठक : अखिल क्रान्तिकारीको  समस्या समाधान गर्न राष्ट्रिय सम्मेलन गर्ने निर्णय

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पूर्व स्थायी समिति सदस्यहरूको बैठकले पार्टी अखिल क्रान्तिकारीभित्र देखिएको समस्या समाधान गर्न पहल गर्ने निर्णय गरेको छ । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा आज बसेको  बैठकले अहिले तत्काललाई दुवै पक्षलाई राखेर सहमति गर्ने र छिट्टै विद्यार्थीको राष्ट्रिय सम्मेलनका लागि पहल गर्ने निर्णय लिएको हो ।  

पार्टीको आन्तरिक व्यवस्थापनमा केन्द्रित बैठकले केन्द्रीय कार्यालय विस्तार तथा व्यवस्थित गर्न आफ्ना सदस्यहरुबाट एक महिना भित्र न्यूनतम एक सय रुपैयाँको दरले रकम संकलन गर्ने निर्णय गरेको नेता लिलामणी पोखरेलले जानकारी दिनुभयो ।  

बैठकले केन्द्रीय समितिको बैठक आगामी असार १५ गते बोलाउने निर्णय समेत गरेको छ । यसअघि शनिबार दिउँसो ३ बजेका लागि पूर्व स्थायी समिति सदस्यहरूको बैठक बोलाइएको भएपनि तयारी पर्याप्त नभएको भन्दै स्थगित गरिएको थियो । 
स्थानीय निर्वाचन सकिएपछि माओवादी केन्द्रले बोलाएको यो पहिलो बैठक हो । 

प्रकाशित मिति : २२ जेष्ठ २०७९, आइतबार  १ : ४४ बजे