यसकारण समान्थाले गरिनन् शाहरुखसँग सहकार्य

एजेन्सी । बलिउड अभिनेता शाहरुख खानले हालै आफ्नो फिल्म ‘जवान’को टिजर सार्वजनिक गर्नुभयो । शाहरुखको यो फिल्मको निर्देशक दक्षिण भारतीय निर्देशक एटली कुमारले गरिरहनुभएको छ । फिलम आगामी वर्षको ३ जुनमा रिलिज हुनेछ ।

फिल्ममा शाहरुख खानका अलावा नयनतारा, सान्या मल्होत्रा र सुनील ग्रोवरको अभिनय छ । फिल्म हिन्दी, तमिल, मलयालम र कन्नड भाषामा रिलिज हुनेछ ।

फिल्म निकट स्रोतका अनुसार फिल्मको पहिलो रोजाइमा अभिनेत्री नयनतारा हुुनुहुन्न थियो। यो फिल्मका लागि समान्था रुथ प्रभुलाई सम्पर्क गरिएको थियो । तर उहाँले प्रस्ताव अस्वीकार गर्नुभयो ।

समान्था पति नागा चैतन्यका साथ पारिवारिक योजनामा त्यो समय रहेकाले उहाँले शाहरुखको फिल्ममा अभिनय गर्न चाहनुभएको थिएन । यहीकारण निर्माताले समान्थाको स्थानमा नयनतारालाई छनोटगरे ।

अक्टोबर २०२१ मा समान्था र नागाले सामाजिक सञ्जालमार्फत अलग्गिने घोषणा गर्नुभएको थियो । 

प्रकाशित मिति : २२ जेष्ठ २०७९, आइतबार  १२ : ११ बजे