सुनको मूल्यमा नयाँ कीर्तिमान

थप १६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं।  नेपालमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको ९ सय ५७ पिसिआर परिक्षणका क्रममा ८ जना र १ हजार २ सय २७ एन्टीजेन परिक्षणका क्रममा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

कोरोनाका कारण शनिबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यस्तै थप ९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार १ सय २८ जना निको भएका छन्। हाल नेपालमा १ सय १० सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति : २१ जेष्ठ २०७९, शनिबार  ४ : ५२ बजे