आज वर्षाको सम्भावना

केन्द्रीय कार्यकारिणी बैठकसकेर प्रधानमन्त्री देउवा भेट्न बालुवाटार पुगे ठाकुर

 काठमाडौं ।  नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ। 

शनिबार दिउँसो पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक सम्पन्न भएलगत्तै अध्यक्ष ठाकुर प्रधानमन्त्री देउवालाई भेटन् प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको थियो । 

यसैबीच, लोकतान्त्रिक समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक भोलि (आइतबार) बिहान ११ बजे पनि बोलाइएको छ । विजुलीबजारस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने बैठकमा स्थानीय तहको निर्वाचनको समीक्षा गरी आगामी संघ र प्रदेशको निर्वाचनको आन्तरिक तयारीका बारेमा विस्तृत छलफल हुने बताइएको छ । 

प्रकाशित मिति : २१ जेष्ठ २०७९, शनिबार  ४ : ४९ बजे