दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

‘ग्याङ फाइट’ पछि हराएका युवा पाँच दिनपछि मृत भेटिए

अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय विनोद शाहीको शव फेला परेको छ । उनी पाँच दिनदेखि बेपत्ता थिए । शनिबार बिहान गाउँ नजिकैको जंगलमा शाहीको शव भेटिएको हो ।
जेठ १७ गते गाउँकै युवाहरूबीच झगडा भएको थियो । त्यही दिनदेखि उनी आफन्तको सम्पर्क बाहिर थिए । त्यस दिन युवाहरूबीचको झगडा साम्य पार्न प्रहरी गाउँमै पुगेको थियो । झगडा भएको ठाउँमा प्रहरी पुगे पनि त्यसै दिनबाट शाही बेपत्ता रहेका गाउँलेहरूको भनाइ छ ।

गाउँलेहरूले झगडा साम्य पार्न पुगेको प्रहरीले महिला तथा बालबालिहरूमाथि अभद्र व्यवहार गरेको आरोप लगाएका छन् । प्रहरीकै घेराबाट विनोदलाई बेपत्ता पारिएको गाउँलेहरूको आरोप छ । प्रहरीले झगडा गर्ने युवाहरूलाई नियन्त्रणमा लिन खोज्दाको भिडियो पनि सामाजिक सञ्जालमा भाइरल छ । सो भिडियोमा प्रहरीले एक युवकलाई लछारपछार गर्दै नियन्त्रणमा लिएको देखिन्छ । त्यहाँ महिलाहरूले प्रहरीले आफूहरूमाथि दुर्व्यवहार गरेको बताइरहेको सुनिन्छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७९, शनिबार  ४ : २९ बजे