सुनको मूल्यमा नयाँ कीर्तिमान

प्रदेशसभाको कुर्सीतोडफोड गर्ने शिक्षामन्त्री  कक्षा १२ को परीक्षामा किन भए सहभागी ?

​​​​​​​लुम्बिनी । लुम्बिनी प्रदेश सरकारका शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री वसी उद्दीन खाँ कक्षा १२ को परीक्षामा सहभागी भएका छन् । प्रदेश सभामा स्नातक उत्तीर्ण भएको ब्याहोरा उल्लेख गरेका खाँ फेरी १२ कक्षाको परीक्षामा सहभागि भएसँगै अहिले त्यसको ब्यापक खोजबिन सुरु भएको  छ । 

मन्त्री खाँले रुपन्देहीको मायादेवी गाउँपालिका–५ को हाजीयनातुल्ला माविमा गत वर्ष कक्षा ११ मा भर्ना भएका थिए । उनले यही जेठ १६ गतेदेखि शुरू भएको कक्षा १२ को परीक्षामा सहभागी छन् । 

उनको लुम्बिनी सांस्कृतिक नगरपालिका–९, खुदाबगर आदर्श माविमा परीक्षा केन्द्र परेको छ । मन्त्री यादवले भने आफूले पढाइको महत्त्व बुझाउन आफूले अहिले भर्ना भएर पढ्न थालेको बताए ।

उनलाई यस अगाडि कहाँबाट कुन विषयमा कहाँबाट गर्नुभएको हो भन्ने प्रश्नमा अहिले केही नबोल्ने बताए ।  ‘अहिले यो विषयमा म केही बोल्दिनँ समय आएपछि सबै सप्रमाण देखाउँछु ।’ 

मन्त्री खाँले पहिलो दिन कक्षा १२ को अंग्रेजी विषयको परीक्षामा सहभागी भए पनि त्यसपछि भने गएका छैनन् । मन्त्री खाँले सबै विषयमा परीक्षामा आफू कार्यव्यस्तताले सहभागी हुन नपाएको बताए । 

खाँ नेपाली कांग्रेसबाट रूपन्देही क्षेत्र नम्बर ४ ९ख० बाट प्रत्यक्ष निर्वाचित प्रदेश सांसद हुन् । ३९ वर्षीय खान लुम्बिनी प्रदेशको स्थायी राजधानी बुटवलबाट दाङ सार्ने विषयमा प्रदेश सभामा छलफल हुँदा कुर्सी तोडफोडमा उत्रिएका सांसद हुन् ।

प्रकाशित मिति : २१ जेष्ठ २०७९, शनिबार  ४ : ११ बजे