सुनको मूल्यमा नयाँ कीर्तिमान

सरकारले बढायो रगतको मूल्य , प्रतियुनिट  १ हजार ६४० सम्म

काठमाडौं । सरकारले अत्यावश्यक मानिएको रगतको मूल्य समायोजन गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रगतको मूल्य समायोजन गरिएको जनाएको हो । गत बुधबार सबै रक्तसञ्चार केन्द्रहरुलाई नयाँ मूल्यबारे पत्र पठाउँदै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले प्रतियुनिट रगत सेवा शुल्क ८१० देखि अधिकतम १ हजार ६४० सम्म कायम गरेको जनाएको हो । 
यसअघि प्रतियुनिट रगतको मूल्य ५२५ रुपैयाँ थियो।

गत चैत २२ गते सचिवस्तरीय निर्णयबाट रगतको मूल्य बढाइएको हो। सो मूल्यमा ब्लड व्यागको १५०, ट्रान्सफ्युजन सेटको एक सय कायम गरिएको छ। यस्तै, डोनर हेमोग्लोवीनको ६० रुपैंया, डोनर रिफ्रेसमेन्टको १०० रुपैंया कायम गरिएको छ।

नेपाल स्वयंसेवी रक्तदाता समाजले दानमा आएको रगत निशुल्क बनाउनुपर्नेमा मूल्य बढाएको भन्दै विरोध गरेको छ। 

 

प्रकाशित मिति : २१ जेष्ठ २०७९, शनिबार  २ : २२ बजे