जनकपुरधाम कार्यपालिका सदस्यमा काँग्रेसका छ र एमालेका दुई जना निर्वाचित

जनकपुर । जनकपुर उपमहानगरपालिकाको कार्यपालिका सदस्यको लागि भएको निर्वाचनमा नेपाली काँग्रेसबाट छ र नेकपा एमालेका दुई उम्मेदवार निर्वाचित हुनुभएको छ । 

कार्यपालिका सदस्यको लागि भएको निर्वाचनमा काँग्रेसबाट राकेशविक्रम साह र एमालेबाट सन्तोषकुमार महतो र दीपेन्द्रकुमार साह निर्वाचित हुनुभएको हो । 

महिला सदस्यमा काँग्रेसका फूलकुमारी देवी, मनिषाकुमारी देवी, शारदा पन्त, शैलकुमारी चौधरी र संजू देवी निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नगरपालिकामा निर्वाचित भएका महिला सदस्यमध्ये पाँच महिला र बाहिरबाट तीन गरी आठ जनालाई कार्यपालिका सदस्यमा राख्ने प्रावधान रहेको छ । 

प्रकाशित मिति : २१ जेष्ठ २०७९, शनिबार  १२ : २३ बजे