नवनिर्वाचित जनप्रतिनिधिलाई स्थानीय तह सञ्चालन सम्बन्धी एमाले काठमाडौँको प्रशिक्षण  

​​​​​​​काठमाडौँ । नेकपा (एमाले) काठमाडौँ जिल्ला कमिटीले स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई स्थानीय तह सञ्चालन सम्बन्धी दुई दिने प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।  

पार्टीको निर्वाचन सम्बन्धी घोषणा पत्र, स्थानीय तह सञ्चालन सम्बन्धी कानुनी व्यवस्था, सङ्घ, प्रदेश र स्थानीयको अधिकार क्षेत्र बारे, स्थानीय तहको बजेट निर्माण प्रक्रिया, अनुगमनका साथै जनप्रतिनिधि र पार्टी बीचको सम्बन्धबारे नवनिर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिइने नेकपा एमाले काठमाडौँ जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले जानकारी दिनुभयो  । 

​​​​​​​

बुढानीलकण्ठ नगरपालिकाबाट सुरु गरिएको स्थानीय तह सञ्चालन सम्बन्धी प्रशिक्षण काठमाडौँका ११ वटै नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई दिइने अध्यक्ष निरौलाले जानकारी दिनुभयो । 

बिहीबारदेखि सुरु भएको प्रशिक्षण कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाबाट नगर प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, वडा कार्यपालिका सदस्यहरू, वडा अध्यक्षहरू र वडा सदस्यहरू सहभागी हुनुभएको छ ।

बिहीबारदेखि सुरु भएको कार्यक्रम जेठ २६ गतेसम्म भक्तपुरको बोडेमा सञ्चालन हुने अध्यक्ष निरौलाले जानकारी दिनुभयो । 

प्रकाशित मिति : २१ जेष्ठ २०७९, शनिबार  १० : ५३ बजे