सडक यातायात क्रमशः सहजतातर्फ

मतदाता दर्ता कार्यक्रम अघि बढाउँदै निर्वाचन आयोग 

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरी फेरि मतदाता दर्ता कार्यक्रम  अघि बढाउने भएको छ ।   

आयोगले अब बढीमा १ महिनासम्म नयाँ मतदाताको नाम दर्ता गर्न सकिने  जनाएको छ । जुन दिन निर्वाचनको मिति तोकिन्छ त्यही दिनबाट दर्ता कार्यक्रम रोकिने भन्दै आयोगले यसबारे छिट्टै निर्णय गरेर नाम दर्ता प्रक्रिया अघि बढाउन लागेको हो । २०७९ वैशाख २९ गतेसम्म १८ वर्ष माथिका १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता रहेका छन् ।
 

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार  ६ : ०५ बजे