आज वर्षाको सम्भावना

कास्कीको जिल्ला समन्वय समितीमा एमालेको प्यानलै विजयी

पोखरा ।  जिल्ला समन्वय समिति कास्कीमा नेकपा (एमाले)को प्यानलनै विजयी भएको छ। 
समितिको प्रमुख पदमा एमालेका लीलाधर पौडेलले ६ मत ल्याउँदै विजयी हुनुभएको हो ।  नेपाली कांग्रेसका दीपेन्द्र ढकालले ४ मत मात्र पाउनुभयो । 

यस्तै उप प्रमुखमा पदमा एमालेकी सरिता कुमाल ६ मत ल्याउँदै विजयी हुँदा कांग्रेसकी उषा थापाले ४ मत मात्र पाउनुभयो । 
सदस्यमा एमालेको तर्फबाट बालिका सुवेदी, राजु अधिकारी र हर्क बहादुर गुरुङ विजयी हुनुभयो । उहाँहरुले पनि ६ मत ल्याउँनुभएको हो । 

यता महिला सदस्यमा पनि एमालेका लक्ष्मी दमै, सीता विक र सुक माया  ६–६ मत प्राप्त गरी विजयी बन्नुभयो ।  दलित वा अल्पसंख्यक सदस्यमा एमालेका गणेश बहादुर घर्ती जिसिले पनि ६ मत ल्याउँदै विजयी बन्नुभयो । 
 

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार  ५ : ५६ बजे