‘नेशनल डे कन्सर्ट’ सम्पन्न

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।

पछिल्लो समसामयिक राजनीतिक विषय र आगामी १४ औं महाधिवेशको विषयमा छलफल गर्न आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको हो ।

नेपाली काँग्रेसका नेता रमेश लेखकका अनुसार बैठकमा महाधिवेशनको तयारी, क्रियाशिल सदस्यताको छानविन, बितरण, नविकरण लगायतको बिषयमा छलफल हुने बताउनुभयो । काँग्रेसको चार महिनापछि हुने महाधिवेशनमा नै बैठक केन्द्रित हुने उहाँको भनाइ छ । 

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  ९ : १८ बजे