आज वर्षाको सम्भावना

मूल्यवृद्धिको अध्ययन र छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्छ : गणेश पहाडी

काठमाडौं – नेकपा एमालेका सांसद गणेश पहाडीले मूल्यवृद्धिको छानबिन र अध्ययन गर्न संसदीय समिति गठनको माग गर्नुभएको छ ।

एमाले प्रमुख सचेत विशाल भट्टराईले संसद्मा पेश गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावलाई समर्थन गर्दै उनले यस्तो माग गर्नुभएको हो ।

‘बजार अनुगमन नगर्दा खाद्य र गैरखाद्य वस्तुको मूल्य ह्वात्तै बढेको छ । त्यो घटाउन जरुरी छ,’ उहाँले भन्नुभयो, ‘पेट्रोलियम पदार्थका साथै खाद्य र गैरखाद्य वस्तुको मूल्यवृद्धिको अध्ययन गर्न शक्तिशाली संसदीय समिति गठनको माग गर्छु ।’

उहाँले डिजेलको पाइपलाइन बनाउँदा चुहावट घटेको, ८० रुपैयाँ हुँदा र १८० रुपैयाँ मूल्य हुँदा पनि बिक्री कमिसन उही भन्दै त्यसलाई घटाएर मूल्य घटाउनुपर्ने बताउनुभयो । त्यस्तै, पूर्वाधार कर घटाएर १० रुपैयाँ मूल्य घटाए पनि अहिले अत्यधिक कर रहेकोले त्यहाँ पनि मूल्य घटाउन माग गर्नुभयो ।

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार  १२ : ३४ बजे