सुनको मूल्यमा नयाँ कीर्तिमान

बजेटमा माओवादी नेताकै आपत्ती : समर्थन नगर्ने उद्घोष

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले स्वास्थ्य बिमा कार्यक्रम बिमा कम्पनीलाई दिने कुरा स्वीकार्य नभएको बताउनुभएको छ । प्रतिनिधि सभाको बिहीबारको बैठकमा बजेट माथिको छलफलमा भाग लिँदै उहाँले बजेटको यस्तो कुरामा आफ्नो समर्थन नरहेको बताउनुभयो ।  

उहाँले भन्नुभयो,  ‘मैले समर्थन गर्न नसक्ने कुरा स्वास्थ्य बिमा कम्पनीलाई दिने कुरा छ । वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाकै क्याबिनटमा म ८० दिन थिएँ। त्यतिखेर पास गरेको ऐन हो यो। प्रचण्डको नेतृत्वमा गगन थापा स्वास्थ्यमन्त्री हुँदा यसमा गृहकार्य भएको थियो।’

बिमा कम्पनीलाई दिने कुरा आफूले बुझ्न नसकेको भन्दै उहाँले पुनरावलोकन गर्न माग गर्नुभयो ।स्वास्थ्य बिमालाई नाफासँग जोडेर हेर्न नहुने बताउनुभयो । 

उहाँले  स्वास्थ्य बिमाको लाइनमिनिस्ट्री स्वास्थ्य मन्त्रालय नै रहेको बताउँदै स्वास्थ्य बिमा कार्यक्रम अर्थ मन्त्रालयले लिन खोजेको भन्दै आपत्ती जनाउनुभयो । 

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार  ५ : ०५ बजे