सडक यातायात क्रमशः सहजतातर्फ

झापाका १३ पालिकाको कार्यपालिकाले पाए पूर्णता

झापा। स्थानीय तह निर्वाचनअन्तर्गत जिल्लाका १३ पालिकाले पूर्णता पाएका छन् भने दुईवटा पालिकाले पूर्णता पाउन बाँकी छ । शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकामा भने निर्वाचन हुन बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको  कार्यालयका अधिकृत गणेश पाण्डेले बताउनुभयो । उहाँका अनुसार मेचीनगर, विर्तामोड, अर्जुनधारा, गौरादह, कनकाई, भद्रपुर, दमक नगरपालिकामा भने निर्वाचन भइसकेको छ ।

त्यसैगरी, बुद्धशान्ति, हल्दिबारी, झापा, बाह्रदशी, कचनकवल, गौरीगञ्जलगायतका पालिकाले पूर्णता पाएको छ । उहाँका अनुसार भद्रपुर नगरपालिका भने आज निर्वाचन भएको छ । पालिकामध्ये नगरपालिकामा अल्पसङ्ख्यक, दलित गरी तीन र पाँच महिला सदस्य निर्वाचित भएका छन् भने गाउँपालिकामा चार महिला सदस्य र दुई अल्पसङ्ख्यक तथा दलित निर्वाचित भएका छन् ।

बाँकी रहेको स्थानमा समेत भोलिसम्ममा निर्वाचन गरिसकिने उहाँको भनाइ थियो । जिल्ला समन्वय समितिको निर्वाचनमा पालिकाका प्रमुख र उपप्रमुखले भाग लिनेछन् । वैशाख ३० गते भएको निर्वाचनबाट जिल्लामा नेकपा (एमाले)बाट सात प्रमुख, उपप्रमुख ११, नेपाली कांग्रेस छ प्रमुख, तीन उपप्रमुख र राप्रपाबाट दुई प्रमुख र एक उपप्रमुख निर्वाचित भएका छन् ।जिल्ला समन्वय समितिको नेतृत्व बनाउन झापामा एमाले एक्लैको बहुमत पुग्ने निर्वाचितहरूको तथ्याङ्कले देखाएको छ ।
 

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार  ४ : २७ बजे