आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

पल शाहको मुद्दाबारे उच्च अदालतमा बहस चल्दै

पोखरा । बलात्कार आरोपमा मुद्दा खेपिरहेका अभिनेता पल शाहको साधारण तारेख मागसम्बन्धी निवेदनमा  उच्च अदालतमा वहस सुरु भएको छ ।

न्यायधीश  द्वय उज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासमा दुवै तर्फका वकिलहरुले बहस गरिरहनुभएको छ । पल शालको ५ जना र प्रतिवादीको तर्फबाट २ जना वकिलले बहस गर्दैहुनुहुन्छ । 

उच्च अदालत पोखरामा शाहको तर्फबाट वकिलहरुले निवेदन दिनुभएको थियो । ११ फागुनमा शाहले अदालतमा आत्मसमर्पण गरेका थिए । १० चैतमा  उनलाई पुर्पक्षका लागि जिल्ला अदालतले जेल चलान गरेको थियो । १५ चैतमा  उच्च अदालतमा बाहिर बसेर मुद्दा लड्न पाउने माग गरी  निवेदन दिएका थिए । त्यसपछि लगातार ४ पटक पेसी  सरिसकेको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार  ३ : २९ बजे