आज वर्षाको सम्भावना

राप्रपा नेपाल बागमती प्रदेशको अध्यक्षमा खत्री

हेटौंडा । राप्रपा नेपालको बागमती प्रदेशमा अध्यक्षमा माधव खत्री नियुक्त हुनुभएको छ । हेटौँडामा जारी बागमती प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलामा प्रदेश अध्यक्षको जिम्मेवारी खत्रीलाई प्रदान गरिएको हो ।

पार्टी अध्यक्ष कमल थापाले खत्रीलाई प्रदेश अध्यक्षको जिम्मेवारी दिनुभएको हो । प्रदेश अध्यक्षको जिम्मेवारी पाएपछि खत्रीले बागमती प्रदेशमा राप्रपा नेपालको संगठन बलियो बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार  २ : ५१ बजे