काठमाडौं । जनता समाजवादीका सांसद् मोहम्मद ईस्तियाक राईले बजेट कार्यान्वयन हुनेमा आशंका व्यक्त गर्नुभएको छ ।
प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा आर्थिक वर्ष २०७९,०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उहाँले बजेटको स्रोत सुनिश्चित नभएको भन्दै कार्यान्वयनमा आशंका व्यक्त गर्नुभएको हो ।
साथै कुनै समूह र व्यक्तिलाई पोस्न गरी बजेट ल्याइएको हो कि भन्ने शंका लागेकाले यसको जवाफ अर्थमन्त्रीले दिनुपर्ने उहाँको माग छ ।
प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार २ : १८ बजे
प्रतिक्रिया