आज वर्षाको सम्भावना

चुरे क्षेत्रबाट बस्ती हटाउन र वृक्षारोपण गर्न लक्ष्मणलाल कर्णको सुझाव 

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका सांसद् लक्ष्मणलाल कर्णले चुरे क्षेत्रबाट बस्ती हटाउनुपर्ने बताउनुभएको छ । 

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा  आर्थिक वर्ष २०७९,०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उहाँले चुरे संरक्षणका लागि सो क्षेत्रबाट बस्ती हटाउनुपर्ने र वृक्षारोपण गर्नुपर्ने बताउनुभएको हो ।  

चुरे संरक्षण भएमा मधेशका बस्ती जोगिने भन्दै कर्णले भन्नुभयो, ‘चुरे संरक्षण गर्न वृक्षारोपण गर्नुहोस् । चुरेमा भएका बस्ती हटाउनुहोस् । चुरे संरक्षण भयो भने मधेशका जग्गा बच्छ ।’ 

चुरे संरक्षण नभएमा १० वर्षमा मधेश मरभूमिमा परिणत हुने भन्दै उहाँले बजेट बनाउने क्रममा प्रदेश सरकारसँग छलफल नगरेकोमा आपत्ति जनाउनुभयो । 

चुरे संरक्षण गर्ने विषयमा गफ मात्रै भएको टिप्पणी गर्नुभएका कर्णले चुरे संरक्षण गर्ने विषयमा गम्भीर भएर लाग्नुपर्नेमा जोड दिनुभयो । 
 

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार  १ : ४७ बजे