भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

बैतडी सदरमुकाममा दशरथचन्द बहुउद्देश्यीय नगर भवन निर्माण सुरु

बैतडी। बैतडी सदरमुकामस्थित गोठलापानीमा दशरथचन्द बहुउद्देश्यीय नगर भवन निर्माण सुरु भएको छ ।

भवन गोठलापानी बजार छेउमै बनाउन लागिएको हो ।नगर विकास कोषबाट प्राप्त ७० प्रतिशत ऋण र नगरपालिकाको ३० प्रतिशत लगानीमा उक्त भवन निर्माण गर्न लागिएको नगरपालिकाका इञ्जीनियर जयसिंह बोहराले बताउनुभयो । तत्काल दुईतले भवन निर्माण गर्ने योजना छ ।

रु तीन करोड ७४ लाख ३ हजार ६६८ को लागतमा बन्ने भवनमा सवारी साधन पार्किङको सुविधासहित कार्यालय प्रयोजन र व्यावसायिक सटर, बैठककक्ष निर्माण गरिने जनाइएको छ । उक्त भवन १८ महिनाभित्र निर्माण गरिसक्ने लक्ष्य रहेको छ । भवन निर्माणको जिम्मा न्यू ड्रागन÷फरच्युरलेण्ड जेभीले पाएको छ ।

निर्माण गर्न लागिएको उक्त  भवन नगरप्रमुख पुष्करराज जोशी (लख्खाभाइ) र उपप्रमुख कौशिला चन्दले संयुक्तरूपमा शिलान्यास गर्नुभयो । यसअघिको नगरभवन जीर्ण भएकाले त्यो ठाउँमा बहुउद्देश्यीय भवन निर्माण गर्न लागिएको हो । 

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार  ११ : ५३ बजे