हार्दिक पटेल अब ‘मोदीको सिपाही’, आजै भाजपा प्रवेश गर्दै 

नयाँ दिल्ली । गत साता कंग्रेस परित्याग गरेका हार्दिक पटेल भारतीय जनता पार्टी भाजपा प्रवेश गर्ने हुुनुभएको छ । पटेलले बिहीबार बिहान ट्वीट गर्दै आफू ‘नयाँ अध्याय सुरु गर्न’ लागेको र प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा ‘सानो सिपाही’ को रूपमा काम गर्ने बताउनुभएको छ । 

२८ वर्षीय पटेलले प्रधानमन्त्री मोदीको प्रशंसासमेत गर्नुभएको छ । ‘म राष्ट्रिय, क्षेत्रीय र सामाजिक हितको भावनाकासाथ नयाँ अध्याय सुरु गर्न लागेको छु । प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा राष्ट्रिय सेवाको बृहत् कार्यमा म सानो सिपाहीको रूपमा काम गर्नेछु’, उहाँले भन्नुभयो ।

सन् २०१५ को पटिदार आन्दोलनपछि चर्चामा आएका पटेल सन् २०१९ मा कंग्रेस प्रवेश गर्नुभएको थियो। लगत्तै उहाँ कंग्रेस गुजरात प्रदेशको कार्यवाहक अध्यक्ष बन्नुभएको थियो । उहाँ भाजपाको खरो आलोचकसमेत हुनुहुन्थ्यो । 

गत महिना उहाँले कंग्रेस नेतृ सोनिया गान्धीलाई पार्टीबाट राजीनामा दिएको पत्र बुझाउनुभएको थियो । 

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार  ११ : ४९ बजे