आज वर्षाको सम्भावना

स्वतन्त्रमा विजयी हुनेहरुले माओवादीको जस्तै गफ दिए : प्रचण्ड 

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वतन्त्र विजयी हुने उम्मेदवारहरूले नेकपा माओवादी केन्द्रको जस्तै नारा दिएर जित हासिल गरेको बताउनुभएको छ । 

आज काठमाडौंमा  नेकपा माओवादी केन्द्रले आयोजना गरेको जनप्रतिनिधिहरूको अभिमुखीकरण कार्यक्रममा  बोल्नुहुँदै अध्यक्ष दाहालले कतिपय स्वतन्त्र उम्मेदवारहरू प्रचार गरिए जस्तो स्वतन्त्र नभएको बताउनुभयो । ‘केही साथीहरू स्वतन्त्र हुन्, स्वतन्त्र होइनन् । काठमाडौं र धरानका प्रमुख भने अलि भिन्न तरिकाले आए । उनीहरूले माओवादीले जस्तै खानेपानी, फोहोर व्यवस्थापन जस्ता नारा दिए’ प्रचण्डको भनाई थियो । 

अध्यक्ष दाहाले माओवादी केन्द्रले गर्ने जस्तो व्यवहारका कुरा गरेका केही स्वतन्त्र उम्मेदवारले स्थानीय तहमा जिते पनि अझै कयौँ दशक राजनीतिक दलले नै देश चलाउने बताउनुभयो  । 

‘केही स्वतन्त्र मान्छेहरूले केहीपालिका प्रमुखमा जितेपछि केही साथीहरूले अब भोलि स्वतन्त्रले सबै पालिका लैजान्छ की के हो भने जस्तो गरे पनि त्यस्तो हुँदैन’, दाहालको भनाई थियो । 

 

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार  ५ : ०७ बजे