आज वर्षाको सम्भावना

अर्थमन्त्रीलाई लालबाबुको प्रश्न : एक घण्टामा चितवन हेलिकप्टरबाट झुण्डिएर पुग्ने हो ?

काठमाडौं ।  एमाले सांसद लालबाबु पण्डितले अर्थमन्त्री जनार्दन शर्मालाई काठमाडौंबाट चितवन कसरी एक घण्टामा पुगिन सकिन्छ भनेर प्रश्न गर्नुभएको छ । 

बुधबार संसदमा बजेटमाथिको छलफलमा सहभागी हुनुहुँदै उहाँले आवश्यक बजेट नै नछुटाई एक घण्टामा चितवन पुग्ने सडक बनाउँछु भन्नु हावा दारी भएको बताउनुभयो ।

उहाँले  हेलिकोप्टरमा झुन्डेर एक घण्टामा चितवन पुग्न खोजिएको हो भन्दै अर्थमन्त्रीलाई प्रश्नसमेत गर्नुभयो । उहाँले भन्नुभयो,‘अर्थमन्त्रीज्यू काठमाडौंबाट चितवन एक घण्टामा हेलिकोप्टरमा झुन्डेर जानुहुन्छ? के भन्न खोज्या हो? कति बजेट छुट्टाएको छ?’,उहाँको प्रश्न थियो।

पण्डितले अहिलेको बजेट हावादारी भएको आरोप लगाउनुभयो । उहाँले अहिलेको बजेटले हुने खाने र निजी क्षेत्रलाई मात्र सम्बोधन गरेको बताउनुभयो । उहाँले बजेटमा जनतालाई गुलियो नारा बाहेक अरू केही नदिइएको आरोप लगाउनुभयो । 

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार  ४ : ५५ बजे