आज वर्षाको सम्भावना

सुर्खेतमा कांग्रेसलाई माओवादीको धोका : कार्यपालिका चुनावमा एमालेसँग गठबन्धन

सुर्खेत । स्थानीय तहको निर्वाचनमा  गठबन्धन गरी कांग्रेस र माओवादीले मिलेर चुनाव लडेपनि कार्यपालिकाको चुनावमा भने त्यो टिक्न सकिरहेको छैन । 

जिल्लाको चौकुने गाउँपालिकाको कार्यापालिकाको निर्वाचनमा कांग्रेसको गठबन्धन तोडी माओवादी केन्द्र एमालेसँग मिलेको हो । 

कार्यपालिकाको चुनावमा एमाले र माओवादी गठबन्धन विजयीसमेत बनेको छ  ।

कार्यपालिकाको चुनावका लागि दुई खुल्ला सदस्य र चार निर्वाचित महिला सदस्यहरू गरी छ पदका लागि चुनाव भएको थियो ।

सार्वजनिक परिणामअनुसार नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनबाट खुल्ला सदस्यमा शंकर कामी (नेकपा एमाले) र नेकपा माओवादी केन्द्रबाट उजिरे ढोली  विजयी बन्नुभयो । 

यस्तै महिला सदस्यमा एमालेबाट कमला बिक तथा माओवादी केन्द्रबाट  अम्बि बिक, पदमा बिक र हजुरा विष्ट विजयी हुनुभएको हो । 

चौकुने गाउँपालिकामा अध्यक्ष माओवादी केन्द्रबाट खड्क बिक र उपाध्यक्ष पदमा कांग्रेसका नरबहादुर बन्तोला गठबन्धनबाट निर्वाचित हुनुभएको थियो ।

१० वटा वडा रहेको चौकुने गाउँपालिकामा चार वडा नेकपा एमाले, चार वडा नेपाली कांग्रेस र दुई वडा नेकपा माओवादी केन्द्रले जितेको छ ।

 

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार  ४ : ४५ बजे