आज वर्षाको सम्भावना

सरकारले तत्काल किसानलाई मल उपलब्ध गराउन सक्छ कि सक्दैन ?: नारायण खतिवडा

काठमाडौं – सांसद नारायणप्रसाद खतिवडाले तत्काल किसानलाई मल उपलब्ध गराउनुपर्ने बताएका छन् । 

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा  आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले किसानले हरेक वर्ष मल अभाव झेल्दै आएको भन्दै तत्काल मल उपलब्ध गराउन माग गरे । 

कालोबजारीमार्फत किसानले महंगोमा मल खरिद गर्नुपरेमा पनि सरकारले मलको समस्या र कालोबजारी नियन्त्रण गर्न नसकेको भन्दै उनले प्रश्न गरे, ‘सरकारले किसानलाई तत्काल सरकारले मल उपलब्ध गराउन सक्छ कि सक्दैन ?’ 

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार  ३ : ३० बजे