काठमाडौं । माओवादी केन्द्रले स्थानीय तह चुनावमा निर्वाचित जनप्रतिनिधिका लागि रात्रिकालीन भोजको आयोजना गरेको छ।
दुई दिने प्रशिक्षणका लागि काठमाडौंमा भेला भएका जनप्रतिनिधिहरुलाई ललितपुरको कुपन्डोलस्थित होटल हिमालयमा रात्रिभोज दिन लागिएको हो ।
पुतलीसडकको कुमारी हलमा आयोजित प्रशिक्षण भेलामा माओवादी केन्द्रले यसबारेमा जानकारी दिएको हो ।
हालै सम्मपन्न स्थानीय तह निर्वाचनमा माओवादीले १२१ पालिकामा विजयी हासिल गरी तेस्रो दल हैसियद बनाएको छ। प्रशिक्षण भेलामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतले राजनीतिक प्रशिक्षण दिने कार्यक्रम छ।
प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार १ : ३१ बजे
प्रतिक्रिया