आज वर्षाको सम्भावना

अहिलेको बजेट ललिपप मात्रै, यस्ले जनताको जीवनमा कुनै परिवर्तन गर्दैन : राजेन्द्र लिङ्देन

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले ल्याएको बजेट ललिपप मात्रै भएको बताउनुभएको छ । 
बुधबार प्रतिनिधि सभा बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गर्दै उहाँले  सरकारले जनतालाई भुल्याउने किसिमले मात्र बजेट ल्याइएको बताउनुभयो ।  

उहाँले  अहिलेको बजेटले जनताको जीवनमा कुनै परिवर्तन गर्न नसक्ने बताउनुभयो । ‘देशमा अहिले जुनप्रकारको आर्थिक संकट देखिँदै गएको छ। जुनप्रकारको मूल्य वृद्धि देखिँदै गएको छ। त्यसलाई रोक्नेतर्फ यो बजेट उन्मुख छैन।’
 

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार  १ : १२ बजे