आज वर्षाको सम्भावना

नेपाली कांग्रेसलाई गठबन्धन ‘गलगाँड’ भएको छ :सुरेन्द्र पाण्डे

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य सुरेन्द्र पाण्डेले नेपाली कांग्रेसलाई गठबन्धन ‘गलगाँड’ भएको बताउनुभएको छ । प्रतिनिधि सभाको बुधबारको बैठकमा आर्थिक वर्ष २०७९÷०८० को बजेटमाथिको छलफलमा सहभागी हुँदै पाण्डेले भन्नुभयो, ‘गलगाँड भएको गठबन्धन हटाउन कांग्रेसले चाँडो चुनाव चाहिरहेको छ ।’

‘संकट एकातिर छ बजेट अर्कातिर छ । यसले यता पनि चुनाव देख्यो, उता पनि चुनाव देख्यो,’ उहाँले भन्नुभयो, ‘गठबन्धन चाँडै चुनावमा जान खोजेको सुनिरहेको छु । वास्तवमा कांग्रेसलाई गठबन्धन नामको गलगाँड गाह्रो भएको छ । त्यसैले यो कांग्रेसलाई छिटो भन्दा छिटो गलगाँड कसरी छुटाउने भन्ने छ । चुनाव भयो भने सतिदेवीको अंग पतन भएजस्तो हातखुट्टा समाइरहेका दल झर्छन् कि भन्ने चाहना छ ।’

उहाँले वृद्धभत्ता एमालेको ब्रान्ड रहेको बताउँदै त्यसको उमेर घटुवाले गठबन्धनका दललाई लाभ नहुने प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘तपाईं उमेर ५८ होइन, ६८ पु¥याउनोस् । एमालेलाई नै ताली ठोक्छन् । तपाईंले ५ हजार पु¥याउँछु भनेर घोषणापत्रमा बोलेको होइन, किन पु¥याइएन ?’

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार  १२ : ३५ बजे