आज वर्षाको सम्भावना

मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ २१ मा

जनकपुर । मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम आगामी जेठ २१ गते प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ ।

प्रदेशसभा बैठकमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेश सरकारका गृह तथा सञ्चार मन्त्री भरत साहले जानकारी दिनुभयो । 

आव २०७९/८० को नीति तथा कार्यक्रममा प्रदेश सरकारले कृषि, सिँचाइ, स्वास्थ्य, भौतिक पूर्वाधारलगायतका विषयलाई जोड दिइने मन्त्री साहले बताउनुभयो ।

यस्तै मधेस प्रदेश सरकारले आगामी असार १ गते प्रदेशसभा बैठकमा आगामी आव २०७९÷८० को बजेट प्रस्तुत गर्ने तयारी भइरहेको मन्त्री छ । नीति तथा कार्यक्रमपश्चात् प्रदेश सरकारले असार १ गते बजेट प्रदेशसभामा पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रदेशसभाको नवौँ अधिवेशन यही जेठ १९ गते दिउँसो १ बजेका लागि आह्वान गरिएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार  ९ : ४३ बजे