माथिल्लो मनाङमा हिमपात

लाइभ कन्सर्ट गाइरहँदा हृदयघातका कारण भारतीय गायक केकेको निधन

मुम्बई । बलिउडका प्रख्यात गायक कृष्णकुमार कुन्नथ(केके)को निधन भएको छ । 

कोलकातामा लाइभ कन्सर्ट गाइरहँदा हृदय घातका कारण ५३ वर्षको उमेरमा उनको निधन भएको हो । 

सन् १९६८ अगष्ट २३ मा एक हिन्दु मलयाली माता­—पिता सीएस मेनन र कुनाथ कनकवल्लीको घर नयाँ दिल्लीमा जन्मिनुभएका उहाँले पार्श्वगायनमा आउनुअघि झन्डै ३ हजार ५ सय जिंगल गाउनुभएको थियो ।

उहाँले सन् १९९९ को विश्वकप क्रिकेटको समयमा भारतीय क्रिकेट टिमको समर्थनका लागि ‘जोश अफ इन्डिया’ नामको गीत गाउनुभएको थियो ।  म्युजिक एल्बम ‘पल’बाट गायकका रुपमा करियर सुरु गर्नुभएका उहाँले त्यसपछि मात्र बलिउडमा पाइला चाल्नुभयो ।

हिन्दीसहित उहाँले तमिल, तेलुगु, कन्नड, मलयालम, मराठी, बंगाली, असमिया, गुजराती र हिन्दी भाषाका गीत गाउनुभएको छ ।  झन्डै ७ सय बढी गीत गाउनुएका उहाँ सन् २००० को दशकमा भारतका सर्वाधिक सफल गायक हुनुहन्छ ।

उहाँका  ‘तडप तडप के इस दिल से’, तमिल गीत ‘अपाडी पोडु’, ‘डोला रे डोला’, ‘क्या मुझे प्यार हे’, ‘वो लम्हे’, ‘आँखो मे तेरी’, ‘बचना ए हसिनो’, ‘खुदा जाने’, ‘पिया आए ना’, ‘मर्डर ३’ को ‘मत आजमा रे’, ‘इन्डिया वाले’ र ‘तु जो मिला’ जस्ता गीत लोकप्रिय छन् ।एजेन्सी

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार  ९ : २१ बजे