आन्तरिक हवाई उडानमा अत्यधिक चाप

स्थानीय तहको निर्वाचन समीक्षाका लागि एमालेले काठमाडौँका सबै वडामा प्रतिनिधि पठाउने

काठमाडौँ । नेकपा एमाले काठमाडौँ जिल्ला कमिटी स्थानीय तहको निर्वाचन समीक्षाका लागि काठमाडौँका सबै वडामा प्रतिनिधि पठाउने भएको छ ।

नेकपा एमाले काठमाडौँ जिल्ला कमिटीको पदाधिकारी बैठकले वैशाख गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन समीक्षाका लागि जिल्लाका सबै वडामा प्रतिनिधि खटाउने निर्णय गरेको हो ।

बैठकले कीर्तिपुर नगरपालिकामा काठमाडौँ जिल्ला कमिटी सचिव राजेश शाक्य, काठमाडौँ महानगरपालिकामा उप सचिव तेज प्रसाद ढकाल, दक्षिणकाली नगरपालिकामा उपसचिव बिन्दु महर्जन, शंखरापुर नगरपालिकामा उद्धव भण्डारी, बुढानीलकण्ठ नगरपालिकामा कमल रेग्मी, र गोकर्णेश्वर नगरपालिकामा ध्रुबराज पाण्डेलाई खटाउने निर्णय गरेको छ । 

त्यस्तै, बैठकले  टोखा नगरपालिकामा केशरत्न बज्राचार्य, तारकेश्वर नगरपालिकामा रामकृष्ण श्रेष्ठ, नागार्जुन नगरपालिकामा ज्ञानमाया डङ्गोल, कागेश्वरी मनोहरा नगरपालिकामा भवानी डोटेल, चन्द्रागिरि नगरपालिकामा इन्दिरा पन्त खटाउने निर्णय गरेको एमाले काठमाडौँ जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले जानकारी दिनुभयो । 

त्यसैगरी, बैठकले स्थानिय तहमा निर्वाचित जन प्रतिनिधिहरूलाई जेठ २० गतेदेखि २६ गतेसम्म आवासीय प्रशिक्षण सञ्चालन गर्ने पनि निर्णय समेत गरेको अध्यक्ष निरौलाले जानकारी दिनुभयो । 

बैठकमा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा जिल्ला इन्चार्ज कृष्ण गोपाल श्रेष्ठ, सह इन्चार्ज  रूपनारायण श्रेष्ठ, केन्द्रीय कमिटी सदस्य सरिता न्यौपाने, बागमती प्रदेश उप सचिव रत्ना गुरुङ लगायतको उपस्थितिमा रहेको थियो । 

 

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार  ८ : ५१ बजे