माथिल्लो मनाङमा हिमपात

अमेरिकाको एक विद्यालयमा फेरि बन्दुक हमला, एक जनाको मृत्यु

न्युयोर्क । अमेरिकाको एक  विद्यालयमा फेरि बन्दुक हमला भएको छ । 

मङ्गलवार न्यु अर्लिन्सको हाईस्कूलको स्नातक समारोहमा बन्दुकधारीले चलाएको गोली लागेर एक वृद्धाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।  मोरिस जेफ हाई स्कुलका स्नातकहरू भेला भएको दीक्षान्त केन्द्रबाहिर गोलाबारी भएको न्यु अर्लियन्स प्रहरीले जनाएको छ ।  । 

गोली लागेर घाइते भएका तीनै जना व्यक्ति स्नातक समारोहमा भाग लिन त्यहाँ आएका प्रहरी प्रवक्ता ग्यारी सिटले बताउनुभयो । गत मङ्गलवार टेक्सासको उभल्देस्थित रोब इलिमेन्ट्री स्कुलमा एक बन्दुकधारीले गोली चलाउँदा १९ बालबालिकासहित २१ जनाको मृत्यु भएको थियो ।एजेन्सी 

 

 

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार  ८ : २२ बजे