हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

राष्ट्रपति भण्डारीद्वारा काँक्रेविहारको अवलोकन (फोटोफिचर)

कर्णाली । राष्ट्रपति विद्यादेवी भण्डारीले सुर्खेतको प्रमुख पर्यटकीयस्थल काँक्रेविहारको अवलोकन गर्नुभएको छ । 

अनौपचारिक भ्रमणको सिलसिलामा सुर्खेतमा रहनुभएका राष्ट्रपति भण्डारीले मङ्गलवार वीरेन्द्रनगर ९ स्थित काँक्रेविहारको अवलोकन गर्नुभएको हो । 

राष्ट्रपति भण्डारीले कर्णाली प्रदेशमा पर्यटनको अथाह सम्भावना रहेको र काँक्रेविहारजस्ता ऐतिहासिक सम्पदाको प्रवर्द्धन गर्न जरुरी रहेको धारणा राख्नुभयो । साथै उहाँले काँक्रेविहारको ऐतिहासिकता, निर्माण प्रक्रिया, व्यवस्थापनबारे जिज्ञासा राख्नुभएको थियो । 

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले राष्ट्रपतिको सुर्खेत बसाइँका क्रममा आफूहरूले काँक्रेविहार अवलोकन गराएर स्वागत गरेको बताउनुभयो । अवलोकनपश्चात् राष्ट्रपतिलाई नगरपालिकाको तर्फबाट प्रमुख ढकालले सुर्खेतका पर्यटकीय स्थलहरू समेटिएको मायाको चिनो हस्तान्तरण गर्नुभयो । 

राष्ट्रपति भण्डारीलाई काँक्रेविहार परिसरमा कर्णाली प्रदेशसभाका सदस्य, वीरेन्द्रनगर नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूले स्वागत गरेका थिए । 

राष्ट्रपतिका स्वकीय प्रेस सचिव सोम राईले काँक्रेविहारको सांस्कृतिक, ऐतिहासिक, पुरातात्त्विक पक्षको प्रवर्द्धन गर्ने उद्देश्यले अवलोकन भ्रमण गरेको बताउँदै भन्नुभयो, “यस्ता ठाउँहरूको प्रवर्द्धन गर्न, स्वच्छता कायम राख्न र वातावरण संरक्षणलाई प्राथमिकतामा राख्न राष्ट्रपतिले विशेष चासो राख्दै आउनुभएको छ ।” 

राष्ट्रपति भण्डारी आज बिहान सुदूरपश्चिमको प्रसिद्ध धार्मिक स्थल बडिमालिका जाने कार्यक्रम रहेको छ । 

​​​​​​​

​​​​​​​

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार  ७ : ४१ बजे