आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

 मध्यविन्दु नगरपालिकाको कार्यपालिका सदस्यमा एमालेको बहुमत 

नवलपुर । मध्यविन्दु नगरपालिकाको कार्यपालिका सदस्य निर्विरोध निर्वाचित भएका छन् ।  

कार्यपालिका सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पाँच जना, स्वतन्त्र दुई जना र नेपाल जनमुक्ति पार्टीका एक जना गरी आठ जना निर्विरोध निर्वाचित हुनुभएको हो । 

महिलातर्फ नारायणी कार्की, शान्ता वि.क., हिराकुमारी कुमाल, शिवकुमारी मल्ल र कोपिला ज्ञवाली पौडेल निर्वाचित हुनुभएको छ । 

त्यस्तै दलित, अल्पसङ्ख्यकतर्फ कृष्णप्रसाद वि.क., प्रकाश परियार र उमा कुमाल निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय मध्यविन्दुले जनाएको छ ।

 

 

 

 

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार  ७ : ३४ बजे