आज वर्षाको सम्भावना

जित निश्चित भइसकेपछि एमाले अध्यक्ष ओलीलाई भेट्न बालेन बालकोट पुगेको खुलासा

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई स्वतन्त्रबाट काठमाडौं महानगरको मेयर बालेन साहले भेटघाट गर्नुभएको छ । साहले अन्तिम निर्वाचन परिणाम आउनु अघि नै अध्यक्ष ओलीसँग भेट्नु भएको हो ।

अध्यक्ष ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यका अनुसार बालेन सहित पाँचजनाको टिम ओलीलाई भेट्न बालकोट पुगेको थियो । ‘केहीबेर सामुहिक भेटघाट भयो । त्यसपछि अध्यक्षज्यूसँग बालेनले एक्लै भेट्नु भयो’ ब्रजाचार्यले भन्नुभयो ।

बालेन बालकोट पुग्दा मतगणना बाँकी रहेपनि जित निश्चित भइसकेकोले अध्यक्ष ओलीले शुभकामना दिनुभएको थियो । अध्यक्ष ओली र बालेनको एक्ला एक्लैको भेटमा के विषयमा कुरा भयो खुलाइएको छैन ।

आफूले मेयरमा जित्ने निश्चित भएपछि दलका नेताहरु मध्ये पहिलो पटक अध्यक्ष ओलीलाई भेट्न बालकोट आएको बालेन समुहले बताएको थियो । काठमाडौं महानगरलाई कसरी व्यवस्थित बनाउन सकिन्छ भनेर बालेनले केही सुझाव मागेको बालकोट स्रोतले जनाएको छ । मेयर उपमेयरमा दुवैजना युवाहरुले विजयी हासिल गर्दै गरेकोले यहाँको आवश्यकतालाई पहिचान गरेर अघि बढ्न र ‘युवाहरुलाई भाइब्रेट क्रिएट गर्ने काम’ गर्न अध्यक्ष ओलीले बालेनलाई सुझाव दिनुभएको स्रोतले जनाएको छ ।

ओली प्रधानमन्त्री भएका बेला इन अफ इज इन अफ भन्ने अभियानमा बालेन समुहको पनि सहभागिता थियो ।

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  ४ : १४ बजे