माथिल्लो मनाङमा हिमपात

यात्रुवाहक बस दुर्घटनामा पाँचको मृत्यु, तेह्र जना घाइते

इस्लामावाद।  दक्षिणी सिन्ध प्रान्तको घोटकी जिल्ला नजिकै यात्रुवाहक एउटा बस पल्टिँदा पाँच जनाको मृत्यु हुनाका साथै अन्य १३ जना घाइते भएका छन् । घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको ट्राफिक प्रहरीले जनाएको छ । 

 प्रहरीका अनुसार दुर्घटनाग्रस्त बस उत्तरपश्चिमी शहर पेशावरबाट दक्षिणी बन्दरगाह शहर कराँचीतर्फ गइरहेको थियो । घाइते अधिकांश यात्री सिन्धका विभिन्न शहर र पूर्वी पञ्जाब प्रान्तका बासिन्दा हुन् । 

उचित मर्मतसम्भान नभएका सवारी साधनको सञ्चालन, जीर्ण सडक र सडक सुरक्षामा सावधानी नअपनाउँदा पाकिस्तानमा हरेकदिनजसो घातक  सडक दुर्घटना हुने गरेका छन् । 
 

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  २ : ३२ बजे