सडक यातायात क्रमशः सहजतातर्फ

एमाले सचिवालय बैठक आज बस्दै

दाजुलाई मेयरमा जिताउन महान्यायाधिवक्ता खातीले पदको दुरुपयोग गरेको आयोगको निष्कर्ष

काठमाडौं । महान्यायाधिवक्ता खम्मबहादुर खातीले निर्वाचनमा पदीय दायित्वभन्दा बाहिर गएर हस्तक्षेप गरेको निर्वाचन आयोगले निष्कर्ष निकालेको छ ।

महान्यायाधिवक्ता खातीले बाजुराको बुढीगंगा नगरपालिकाको निर्वाचनमा पदीय दायित्वभन्दा बाहिर गएर हस्तक्षेप गर्नुका साथै मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय तथा बुढीगंगाका निर्वाचन अधिकृतलाई बारम्बार फोन गरेर अनावश्यक दबाब दिएको निष्कर्ष निकालेको हो ।

आयुक्त सगुन शमशेर जबरा नेतृत्वको छानबिन समितिले स्थलगत अध्ययनपछि बुझाएको प्रतिवेदनमा महान्यायाधिवक्ता खम्मबहादुर खातीले मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय तथा बुढीगंगाका निर्वाचन अधिकृतलाई बारम्बार फोन गरेर अनावश्यक दबाब दिएको उल्लेख छ ।

महान्यायाधिवक्ता खातीले निर्वाचनको काममा हस्तक्षेप गरेको, पदीय मर्यादाविपरितको कार्य गरेको पाइएकोले स्पष्टीकरण माग गर्न सुझाव समेत दिएको छ ।

महान्यायाधिवक्ता खातीका दाजु रंगबहादुर खाती नेपाली कांग्रेसबाट बुढीगंगाको मेयरमा उठेका थिए । दाजु रंगबहादुर खाती लाई मेयर जिताउन महान्यायाधिवक्ताले पदीय मर्यादाविपरीत सरकारी अधिकारीलाई अनावश्यक दबाब दिएको निर्वाचन आयोगको ठहर छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  १ : ५९ बजे