आन्तरिक हवाई उडानमा अत्यधिक चाप

राष्ट्रियसभामा बजेटबारे सैद्धान्तिक छलफल सुरु

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९÷८० को राजश्व र व्ययको वार्षिक अनुमान ९बजेट० माथि सैद्धान्तिक छलफल सुरु भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले सो बजेटबारे सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेपछि छलफल सुरु भएको हो । बजेटमाथिको सैद्धान्तिक छलफल र त्यसमा उठेका प्रश्नका जवाफका लागि सभाअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यही जेठ १७ र १८ गतेको समय तोक्नुभएको छ । संवैधानिक व्यवस्थानुसार हरेक जेठ १५ गते संसद्मा बजेट प्रस्तुत गरिन्छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  १२ : ०० बजे