यस्तो छ आजको विनिमय दर

भाउजुलाई पेट्रोल छर्केर आगो लगाई हत्या गरेको आरोपमा देवर पक्राउ 

सप्तरी । आफ्नै भाउजु २७ वर्षीया राज कुमारी साहलाई पेट्रोल छर्केर आगो लगाई हत्या गरेको आरोपमा प्रहरीले उनको देवरलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा बोदेबरसाईन नगरपालिका–१ धनगडी बस्ने प्रमेश्वर साह रहेको छन् । उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । 

२०७८ माघ २१ गते बिहान भाउजुलाई पेट्रोल छर्केर आगो लगाई हत्या गरी उनी फरार रहेका थिए । उनलाई ईलाका प्रहरी कार्यालय बोदेबरसाईन सप्तरीबाट खटिएको प्रहरीले लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । 

उनीमाथि जिल्ला अदालत सप्तरीबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  ११ : ५८ बजे