हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

कपिलवस्तुमा ट्याङकरको ठक्करबाट पैदलयात्रीको मृत्यु 

कपलिवस्तु – कपिलवस्तुको कृष्णनगर नगरपालिका–७ जौबारीमा सोमबार बेलुका ट्याङकरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय महोमद हनिक रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा बहादुरगञ्ज स्थित शिबराज अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

पैदल हिडिरहेका उनलाई हिजो बेलुकी ७ बजे ना २ क ८१८ नम्बरको पानी ट्याङकरले ठक्कर दिएको थियो । 

ट्याङकर सहित चालकलाई ईलाका प्रहरी कार्यालय बहादुरगञ्जले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  १० : ४० बजे