काठमाडौं – पोखरा विमानस्थलमा तेलको ट्यांकर पल्टिएपछि हवाइ उडान रोकिएको छ ।
पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीका अनुसार हवाईजहाजमा तेल भर्न जाँदै गर्दा ट्यांकर पल्टिएको हो । पोखरामा हुने बिहानका उडानहरु हाललाई स्थगित गरिएको सुबेदीले बताउनुभयो ।
क्रेनले पल्टेको ट्यांकर उठाउने र तेल पोखिएको स्थानमा सफा गर्ने काम भइरहेको छ ।
विमानस्थलमा दमकलसहित इमर्जेन्सी अपरेशन तयारी अवस्थामा राखेर काम भैरहेको पोखरा विमानस्थल कार्यालयले जनाएको छ ।
प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार ८ : १५ बजे
प्रतिक्रिया