आज वर्षाको सम्भावना

पाँच महिना अवधि रहेको सरकारले मत माग्ने हिसाबले बजेट ल्यायो : नेकपा एमाले

काठमाडौँ– सरकारले ल्याएको बजेट विशुद्ध चुनावमुखी र मत माग्ने हिसाबले ल्याएको नेकपा एमालेले निष्कर्ष निकालेको छ । 

सोमबार संसद् भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकले पाँच महिना अवधि रहेको सरकारले यथार्थको धरातलमा नटेकी चुनावमुखी र मत माग्ने हिसाबले बजेट ल्याएको निष्कर्ष निकालेको हो ।

नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले सरकारले २५ वर्षमा पनि पुरा नहुने योजना ल्याएको र यसले बजेटको जबाफदेहितामा पनि प्रश्न उठ्ने गरी बजेट ल्याएको बताउनुभयो । 

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले तर्कसङ्गत हिसाबले अध्ययनशील भएर प्रस्तुत हुन निर्देशन दिनुभएको प्रमुख सचेतक  भट्टराईले  बताउनुभयो । अध्यक्ष ओलीले गलत र अनुचित कुरालाई जनतामाझ भण्डाफोर गर्ने गरी प्रस्तुत हुन निर्देशन दिनुभएको भट्टराईले बताउनुभयो ।

एमाले संसदीय दलको बैठकमा पार्टीका पूर्व अर्थमन्त्री, विज्ञ, योजना आयोगका उपाध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  ९ : १६ बजे