यस्तो छ आजको विनिमय दर

एक हजारका नक्कली नोटसहित दुई जना पक्राउ

वीरगञ्ज – पर्साको बहुदरमाई नगरपालिकाबाट प्रहरीले नक्कली नोटसहित दुई जना युवकलाई पक्राउ गरेको छ ।

बहुदरमाई–८ का १९ वर्षीय राजाबाबु साह तेली र पटेर्वासुगौली गाउँपालिका घर भइ हाल बहुदरमाई–८ मै बस्दै आएका २० वर्षीय अजय सहनीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट नेपाली १ हजार दरका २० थान २० हजार नक्कली नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिनु भयो ।

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  ८ : ०९ बजे