आन्तरिक हवाई उडानमा अत्यधिक चाप

विमान दुर्घटना अपडेट : २१ शव फेला, १० वटा काठमाडौं ल्याइयो

पोखरा । तारा एयरको विमान दुर्घटनामा मृत्यु भएका २२ मध्ये २१ शव फेला परेको छ । अझै एउटा शव फेला पर्न नसकेको उद्धार टोलीले जनाएको छ ।

नेपाली सेनाको हेलिकोप्टरले १० वटा शव काठमाडौं लगिसकेको छ । ११ शव अझै पनि घटनास्थलमा रहेको छ ।

खराब मौसमका कारण हेलिकोप्टर झर्न नसकेकाले संकलन गरिएका शव काठमाडौं लान नसकेको नेपाली सेनाले जनाएको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  ४ : ५७ बजे