काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराई वर्तमान गठबन्धन सरकारले पनि गोरखा जिल्लालाई बेवास्ता गरेको आरोप लगाउनुभएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९ र ८० को बजेटमा गोरखा जिल्लामा ठूलो बजेट नपरेपछि उनले त्यस्तो आरोप लगाउनुभएको हो ।
‘नेकपा सरकारले ४ बर्षसम्म गोरखामा कुनै नयाँ योजना वा ठुलो बजेट राखेन । ऐलेको गठबन्धन सरकारको बजेट भाषणमा पनि गोरखा शब्द सुनिएन ,’ डा. भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुभएको छ ।
आफूले गोरखाको विकासको लागि जति कराए पनि सरकारले नसुनेको उहाँले बताउनुभएको छ ।
‘वेनीघाट–आरूघाट–लार्के सडक, पालुंगटार एयरपोर्ट, ऐतिहासिक–धार्मिक पर्यटन सर्किट, औद्योगिक क्षेत्र, जडीबुटी केन्द्र, कृषि परियोजना, शैक्षिक केन्द्र आदिवारे कराइयो खै ?,’ उहाँले भन्नुभएको छ ।
प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार ४ : ५१ बजे
प्रतिक्रिया