राजमार्गमा दृष्य एक, पीडा अनेक

युवा स्वरोजगार कोषद्वारा एकै दिन करिब ५० करोडको ऋण स्वीकृत

काठमाडौँ – युवा स्वरोजगारकोषले सोमबार एकै दिन करिब ५० करोडको ऋण स्वीकृत गरेको छ । सोमबार कोषका कार्यकारी उपाध्यक्ष डा. देवराज रोका (कल्याण)ले १२० वटा सहकारी संस्थाका फाइलहरूलाई स्वीकृत गरेसँगै करिब ५० करोड सहकारी संस्थाका खातामा निकासा हुन लागेको हो ।

कोषले सहकारी संस्थाहरूलाई थोक कर्जा उपलब्ध गराउँदै आएको भए पनि पछिल्लो समय ऋण स्वीकृतिमा सुस्तता आएको थियो । सोमबार तयारी अवस्थाका १२० वटा सहकारी संस्थाका फाइललाई अन्तिम निर्णयार्थ उपाध्यक्षसमक्ष पेस हुँदा एकै दिन सो परिमाणमा फाइल स्वीकृत भएको हो ।

सरकारले वार्षिक १२ हजार युवालाई थप स्वरोजगार बनाउने लक्ष्य लिएको हुँदा, सो लक्ष्यप्राप्त गर्नलाई युद्ध स्तरबाट कामअघि बढाइरहेको कोषका उपाध्यक्ष डा. रोकाले दाबी गरे ।

कोषले युवालाई स्वदेशमै उत्पादनशील तथा उद्यमी बनाउन बैङ्क तथा वित्तीय संस्था र सहकारीहरूलाई थोक कर्जा प्रदान गर्दै आएको छ । यसरी विभिन्न बैङ्क तथा वित्तीय संस्था र सहकारीमार्फत युवाले खुद्रा कर्जा प्राप्त गर्दछन् । 

 

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  ४ : ३५ बजे