माथिल्लो मनाङमा हिमपात

इन्डोनेसियामा डुङ्गा डुर्घटना ३१ जनाको उद्धार, ११ अझै बेपत्ता

जाकार्ता।  इन्डोनेसियाको तटमा खराब मौसममा इन्धन सकिएर डुङ्गा डुबेपछि ३१ जनाको उद्धार गरिएको छ । यद्यपी ११ जना अझै बेपत्ता रहेका एक अधिकारीले सोमबार जानकारी दिएका छन् ।  बिहीबार दक्षिण सुलावेसी प्रान्तमा यात्रा गर्ने क्रममा केएम लाडाङ पेर्तिवी डुङ्गा डुबेपछि स्थानीय टगबोट र माछा मार्नेहरूले धेरैलाई किनारमा ल्याएर उद्धार गरेका बताइएको छ । 

उद्धार गरिएका ती व्यक्तिहरु घर फर्किसकेका र उनीहरूको स्वास्थ्य सामान्य भएको उद्धारकर्ताहरुले बताएका छन् ।  उद्धारकर्ताहरूले हेलिकप्टर तैनाथ गरेका छन् र बेपत्ताको खोजीमा डुङ्गा डुबेको ठाउँबाट २० समुद्री माइलसम्म खोजी क्षेत्र विस्तार गरेका बताइएको छ । 

हेलिकप्टरसँग यात्रु ओसारपसार गर्ने अनुमति नभएकोले कप्तान र मालिक दुवैलाई सोधपुछका लागि लगिएको बताइएको छ ।सन् २०१८ मा सुमात्रा टापुमा रहेको विश्वको सबैभन्दा गहिरो तालमा डुङ्गा डुबेर १५० भन्दा बढी मानिसको मृत्यु भएको थियो ।
 

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  ३ : ३३ बजे