आज वर्षाको सम्भावना

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक बस्दै छ ।

आर्थिक वर्ष २०७९/८० को बजेटबारे छलफल गर्न नेकपा एमालेले सोमबार दिउँसो ३ बजे संघीय संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा संसदीय दलको बैठक बोलाएको हो । संघीय संसद भवनको ल्होत्से हलमा बैठक बस्ने एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।

अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदको संयुक्त बैठकमा पेश गरेको बजेटमाथि पार्टीको धारणा बनाउन उक्त बैठक बस्न लागेको भट्टराईले बताउनुभएको छ  ।

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  ३ : ०३ बजे